Hypnosis is a scientifically verified technique which promotes the accelerated human change

Articles

यौनिकता व्यवस्थापन

Manage Sexual Urge
- प्रा डा शान्ता निरौला
मानिसको जीवनमा गाँस, बास र कपासजस्तै यौन पनि अत्यावश्यक छ । तसर्थ मानिसमा यौनसम्बन्धी उत्सुकता जाग्नु स्वाभाविक हो । हाम्रो समाजमा वैवाहिक जीवनमा यौनसम्बन्ध स्वीकार्य छ । सामाजिकरूपले मान्यताप्राप्त सुरक्षित यौनसम्बन्धमा सीमित रहनुलाई यौन संयमता भनिन्छ ।
 
केही समयअघि यौन शब्दको उच्चारण सभ्य समाजमा अपाच्य हुन्थ्यो । कसैले यौन शब्दको उच्चारण गरेमा ऊ उच्छृङ्खल, उत्ताउलो व्यक्तिमा गनिन्थ्यो र सबैको कड्के नजरको सिकार हुन्थ्यो । तर आजकाल यो समस्या छैन । कुनै पनि व्यक्तिले खुलेआम यौनको बारेमा चर्चा गर्न सक्छ । युवायुवतीहरू कसैलाई राम्रो भन्नुपर्यो भने 'यु लुक सेक्सी' भन्ने गर्छन् । 

segments: 

सफलताको सूत्रः न्यून आत्मसम्मानमाथिको विजय

SelfConfidenceम सानो छँदा देख्थेँ- आमाले हजुरबुबा, हजुरआमा, बुबा, दाइलगायत परिवारका सदस्यहरूलाई खाना खुवाउँदा ठूलो खण्डेथालमा खाना, तरकारी अचार राखिदिनुहुन्थ्यो अनि छुट्टै कचौरामा दाल र गिलासमा पानी । सबैले खाना खाउन्जेल उभिएर पर्खिरहनुहुन्थ्यो । सबै उठेर गएपछि सेलाएको, बाँकी रहेको दाल, भात, तरकारी सबै एउटा सानो रिकापीमा हालेर एक्लै बसेर खानुहुन्थ्यो । मलाई त्यसो गरेको पटक्कै मन पर्दैनथ्यो अनि म भन्थेँ, "अलि ठूलो थालमा राम्रोसँग खानुहोस् न !" तर उहँ मलाई यस्तै ठीक छ भन्नुहुन्थ्यो । अलि ठूलो भएपछि बुझेँ, प्रायः सबैको घरमा त्यस्तै हुँदोरहेछ ।

segments: 

मनोसामाजिक समस्या र मनोविमर्श सेवाको आवश्यकता

Stressमानिसको सबैभन्दा शक्तिशाली अंग मन (mind) हो। मनले मानिसलाई काम गर्न प्रेरित गर्छ र उसको आज्ञा मानिसले चाहेर वा नचाहेर मान्नैपर्छ। वास्तवमा मन मानिसको मालिक हो र मनले अह्राएअनुसार गर्नु मानिसको प्रकृति हो। मानिस प्रकृतिविरोधी हुन सक्दैन । मनको कारण नै मानिस छ र उसको अस्तित्व पनि। त्यो मन नै हो जसले मानिसलाई प्रेम, घृणा, सुख, दुःखजस्ता संवेग वा संवेदनाहरूसँग परिचय गराउँछ। मन देखिदैन तर महसुस गरिन्छ र यही आभास नै संसारलाई अड्याउने शक्ति हो ।

segments: 

Pages

Subscribe to RSS - Articles