Hypnosis is a scientifically verified technique which promotes the accelerated human change

कसरी घटाउने पुस्तैनी दूरी ?

Bridging Generation Gapअस्ट्रेलियामा रहेका सुदीप भट्टराईलाई बडो चिन्ता परेको छ । च्याटमा भेट हुँदा होस् या फोनमा, नेपालमा रहेका बुबाआमाले उनलाई 'तेरो उमेर भइसक्यो, बिहे गर्ने गरी छिट्टो नेपाल आइज', भन्दै हकार्ने गर्नुहुन्छ । उनलाई पनि बिहे गर्न मन नभएको त कहाँ हो र ! तर बुबाआमाले उनको रुचि नबुझिदिनाले उनलाई पीर परेको छ । 'संसारमा कत्रो परिवर्तन भइसक्यो तर मेरा अभिभावकहरू अझै पुरानै युगमा हुनुहुन्छ', उनी भन्छन्, 'उहाँहरू जात/धर्म, चिना/टिपन आदिमै अल्झिनुभएकाले मेरो जिन्दगीसमेत उहाँहरूको समय र मेरो समयको बीचमा पेन्डुलमझैँ रिङ्गिरहेको छ ।'

 
यथार्थमा यो समस्या सुदीप या उनका अभिभावकहरूको होइन, नत विवाह संस्कारमा आउन थालेको परिवर्तनको नै । समस्या त हरेक युगमा नयाअस्ट्रेलियामा रहेका सुदीप भट्टराईलाई बडो चिन्ता परेको छ । च्याटमा भेट हुँदा होस् या फोनमा, नेपालमा रहेका बुबाआमाले उनलाई 'तेरो उमेर भइसक्यो, बिहे गर्ने गरी छिट्टो नेपाल आइज', भन्दै हकार्ने गर्नुहुन्छ । उनलाई पनि बिहे गर्न मन नभएको त कहाँ हो र ! तर बुबाआमाले उनको रुचि नबुझिदिनाले उनलाई पीर परेको छ । 'संसारमा कत्रो परिवर्तन भइसक्यो तर मेरा अभिभावकहरू अझै पुरानै युगमा हुनुहुन्छ', उनी भन्छन्, 'उहाँहरू जात/धर्म, चिना/टिपन आदिमै अल्झिनुभएकाले मेरो जिन्दगीसमेत उहाँहरूको समय र मेरो समयको बीचमा पेन्डुलमझैँ रिङ्गिरहेको छ ।'
यथार्थमा यो समस्या सुदीप या उनका अभिभावकहरूको होइन, नत विवाह संस्कारमा आउन थालेको परिवर्तनको नै । समस्या त हरेक युगमा नयाँ पुस्ता र पुराना पुस्ताका बीचमा देखापर्ने विचारको भिन्नताको हो, पुस्तैनी दूरीको, जेनेरेसन ग्यापको ।
 
पुस्ता वा पिँढी भन्नेवित्तिकै लगभग एउटै समयमा जन्मिएका र एउटै उमेर समूहका व्यक्तिहरू भन्ने बुझिन्छ । एक पुस्ता भन्दा २५ वर्षम्मको समय बुझिन्छ । समाजशास्त्रमा तीन किसिमले पुस्तालाई हेरिन्छ : १) कुनै एक पुस्ताका व्यक्तिहरूलाई लिएर उनीहरूको समाजबारे हेर्ने र सोच्ने २) एक पुस्ताका व्यक्तिहरूले अर्को पुस्ताका व्यक्तिहरूको सोच र मूल्यमान्यता हेर्ने र बुझ्ने र ३) कुनै परिवारको मूल केलाएर त्यस परिवारको वंशावली र त्यस परिवारभित्रका सम्पूर्ण सदस्यहरूको सामाजिक, आर्थिक स्थितिको विश्लेषण गर्ने ।
 
प्रा. डिल्लीराम दाहालका अनुसार सामान्यतया यदि बाबु, आमा र छोराछोरीबीच सोचाइ, मूल्यमान्यता र कुरा गराइ मिलेन भने त्यसलाई पुस्तान्तर अर्थात पुस्ताभित्रको विभेद हो भनेर टुङ्ग्याउने चलन छ । तर सामाजिक तथा आर्थिक परिवर्तनसँगसँगै दुई पुस्ताबीच यस प्रकारको वैचारिक भिन्नता आउनु सामान्य हो ।
 
मानिस जन्मिएपछि समयसँगै हुर्कदै जानु उसको प्रकृति हो । समयसँगै मानिसको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक अवस्थामा परिवर्तन आउँछ, जसलाई मानव विकास भनिन्छ । मानव विकासका क्रममा भएका परिवर्तन र प्रभावअनुसार मानिसको व्यक्तित्व निर्माण हुन्छ । शारीरिक रूपमा लगभग समान विकास भए तापनि अन्य आयामहरूमा भने फरक किसिमले विकास हुन जान्छ । यसकारण प्रत्येक मानिसको व्यक्तित्व पनि फरक हुने गर्छ । कुनै पनि एक मानिसको व्यक्तित्व दोस्रो मानिसको व्यक्तित्वसँग भिन्न हुन्छ, जसलाई व्यक्तिगत भिन्नता भनिन्छ । जसरी व्यक्तिगत भिन्नता स्वाभाविक छ, त्यसैगरी पुस्ताबीचको दूरीलाई पनि स्वाभाविक मान्नुपर्छ । तर राम्रोसँग सन्तुलन मिलाउन नसक्दा कतिपय अवस्थामा यस दूरीले विकराल समस्याको रूप धारण गर्न पुग्छ । यसबाट विभिन्न किसिमका मनोसामाजिक समस्याहरू उत्पन्न हुन सक्छन् । अधिकांश मानिसहरू यसलाई समस्या मान्न तयार हुँदैनन्, जुन झन् खतरनाक कुरा हो । यस्ता समस्यालाई बेलैमा सम्बोधन गर्न नसके तिनले एक व्यक्ति, एक परिवारमात्र नभई पूरै समाजको संरचनामा खलबल पुर्याउन सक्छन् ।
 
पुस्तान्तरबारे छलफल गरी सो अन्तरलाई खुम्च्याउने उद्देश्यका जेरियाट्रिक सेन्टर नेपालमा एक पृथक कार्यक्रम आयोजना गरिएको थियो जहाँ तन्नेरी तथा अग्रज पुस्ता दुवैले एकअर्काप्रतिको असन्तुष्टि मात्र राखेनन्, तिनको निराकरणका लागि चाल्नुपर्ने कदमका बारेमा पनि खुलेर बहस गरे ।
 
जेरियाटि्रक सेन्टरमा भएको जस्तो कार्यक्रमले पुस्तैनी दूरीलाई घटाउन निकै मद्दत गर्छ । 'पुस्तान्तर विषेशतः कम्युनिकेसन ग्यापको कारण हुने गर्छ, सेन्टरका संथापक कृष्णमुरारी गौतम (चट्याङ मास्टर) भन्छन्, 'विभिन्न पुस्ताहरूका बीच नियमित संवादको वातावरण मिलाउन सकेमा समाजमा पुस्तान्तर भन्ने समस्याको अवशेषसमेत भेट्टाउन मुस्किल पर्नेछ ।
 
पुस्तैनी दूरीको सुरुवात त्यस घडीदेखि हुन्छ, जब एउटा पुस्ताले आफ्ना भावना, विचार र चाहनालाई अर्को पुस्ताले नबुझेको महसुस गर्छ । यो समस्या त्यतिबेला चर्कँदै जान्छ, जब विभिन्न पुस्ताहरूले एकअर्कालाई बुझ्ने कोसिस गर्नुको साटो समस्याको कारकका रूपमा चित्रित गर्न थाल्छन् । कुन्ठाका रूपमा मनमा थुप्रिँदै गएको यो एकपक्षीय सोच भयावह नतिजा ल्याउनेगरी कुनै समयमा विष्फोट हुनपुग्छ ।
 
जिन्दगीका साठी वसन्त पार गरिसकेकी कमला खड्का नयाँ पुस्ताका बानी व्यवहारबाट पटक्कै खुसी छैनन् । उनलाई लाग्छ, आजका तन्नेरी मोजमस्तीप्रति बढी आशक्त छन् । कुबाटोमा लम्किरहेका तन्नेरीहरूमा कमलाको समयमा जस्तो परिवार, सामाज, धर्म तथा संस्कारसँगको डर पनि छैन । कमलाकै पुस्ताकी बाबा विष्ट पनि अनुज पुस्ताको अडबाङ्गे चाललाई समस्या ठान्छिन् ।
 
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गरेका रविन दाहाल भने उनको पुस्तालाई लगाइएका यस्ता आरोपलाई पूर्णतः निराधार मान्छन् । सबै युवालाई एउटै घेराभित्र हाली पुरातन चस्मा लगाएर हेर्न नमिल्ने उनको तर्क छ । 'विचारको विभेद त मेरै पुस्ताका साथीहरूको बीचमा पनि छ, रविन भन्छन्, 'हरेक व्यक्तिको सोच्ने तरिका भिन्न हुन्छ र एकअर्कालाई असर नगरुन्जेल त्यसलाई पृथक् नै रहन दिँदा उचित हुन्छ ।
 
डाँकुहरू हिजोका पुस्तामा पनि थिए र साधुहरू आजका पुस्तामा पनि छन् । वास्तवमा नयाँ पुस्ताले सिक्ने भनेको अग्रज पुस्ताबाट नै हो । राम्रा कुरा भन्दा नराम्रा कुरा सिक्न सजिलो र छिटो हुन्छ । हरेक व्यक्तिमा राम्रा तथा नराम्रा दुवै पक्ष हुन्छन्, तर अरूले हेर्दा राम्राभन्दा नराम्रा नै छिटो देख्छन् । समय र परिवेशअनुसार मानिसको व्यवहारमा परिवर्तन आउनु स्वाभाविक हो । तर अग्रज पुस्ता सकेसम्म आफूलाई परिवर्तन गर्न चाहँदैनन् र सबै कुरा आफ्नै समयअनुसारको भइदिए हुन्थ्यो भन्ने आग्रह राख्छन् । यस्तै कारणहरूले दुई पुस्ताबीचको दूरी लम्बिँदै गएको हो ।
 
कतिपय अभिभावकहरू छोराछोरीलाई चुरोट किन्न पठाउँछन् अनि 'तँचाहिँ नखानू नि !' भन्छन् । अमृत साइन्स क्याम्पसमा अध्ययनरत सागर चालिसे यस्तै मानसिकता बोकेका अभिभावकहरूले नयाँ पुस्ताको दिमाग भाँडिरहेका बताउँछन् । 'आफूले गलत व्यवहार प्रदर्शन गर्ने तर छोराछोरीचाहिँ आदर्शवान् हुन् भन्ने अपेक्षा राख्नु आफैँमा विरोधाभाषपूर्ण कुरा हो', सागर भन्छन् ।
 
नेपाल विद्युत प्राधिकरणमा धेरै समय सेवा गरी रिटायर्ड जीवन बिताइरहेका पुष्पनाथ शर्मालाई भने जेनेरेसन ग्यापको दोषी नयाँ र पुरानो पुस्ता दुवै लाग्दैनन् । उनको विचारमा त समस्याको जरो भनेको खराब राजनीतिक संस्कार हो । 'मेरा पालामा पनि थिए पथभ्रष्ट पार्न लागिपरेका अगुवाहरू', पुष्पनाथ सम्झन्छन्, 'म पनि झन्डैझन्डै त्यही यात्रामा होमिन पुगेको थिएँ, सौभाग्यवस बचेँ !' पुष्पनाथलाई लाग्छ, त्यसघडी भट्किएको भए उनी यो अवस्थासम्म आइपुग्ने नै थिएनन् । 'कुनै दुराचारीलाई सत्तामा पुर्‍याउन सायद म वर्षौँपहिले सहिद भइसकेको हुनेथिएँ', उनी भन्छन् ।
 
अग्रज पुस्ताका वैकुण्ठ गौतम तथा हीरण्यप्रसाद पौडेलको विचारमा नेपाली समाज र यसका मूल्यमान्यताहरू पुस्तैनी दूरी प्रतिकूल छन् । 'हाम्रा संकार तथा परम्परा अति सुन्दर छन्', दुवै आफ्ना विश्वास अभिव्यक्त गर्छन्, 'यहाँ यस्ता दूरीको कुनै गुञ्जायस नै छैन ।' हाल देखापरेको पुस्ताबीचको मतभेदलाई उनीहरू खिइँदो नैतिक मूल्यमान्यताका रूपमा परिभाषित गर्छन् । उनीहरूका अनुसार हाम्रा धर्म, परम्परा, सामाजिक सद्भाव आदिलाई ध्वस्त पार्न पश्चिमा राष्ट्रहरूबाट नियोजित षड्यन्त्र भइरहेको छ । तीनदेखि पाँच पुस्तासम्म एकै छानामुनि रमाएर बस्ने अलौकिक क्षमता बोकेको आदर्श नेपाली समाजलाई बिगार्न खोजिँदै छ । आफ्नो भलो र कुभलो राम्रोसँग खुट्याउन सक्ने अवस्थामा नपुगिसकेका कारण नयाँ पुस्तामाथि यस्ता प्रहार केन्द्रित हुने गरेका छन् । आफ्ना शक्तिहरूमाथि अविश्वास र खोक्रा तथा विकृत पश्चिमा जीवनशैलीप्रतिको मोहरूपी बारुद प्रत्येक युवावयको मस्तिष्कमा पड्काइएको छ । पौडेल तथा गौतम वन्धुहरूको विश्लेषणमा यस्ता कुकृत्यलाई सफल पार्न मुलुक हाँक्छौँ भनी भ्रम बाँडिरहेको नेतृत्व वर्ग उद्दत रहेको छ ।
 
प्रा. डिल्लीराम दाहाल पनि नयाँ पुस्तामा अनौठा किसिमका परिवर्तन देखापरेको स्वीकार्छन् । यसको कारण बदलिँदो जीवनशैलीलाई मान्छन् उनी । उनका अनुसार आजका धेरै बच्चाहरू संयुक्तभन्दा एकात्मक वा सानो परिवारमा हुर्कँदै छन् । यो प्रक्रिया सहरी क्षेत्रमा क्रमशः बढ्दै गएको छ । त्यसैले अहिलेको पुस्ताका बच्चाहरूको रेखदेख र हुर्काउने प्रक्रियामा बूढाबूढीको महत्त्व घट्दै गएको छ । बच्चाहरू पनि क्रमशः कम जन्मिरहेछन् । नयाँ पुस्तामा क्रमशः 'म', 'मेरो जीवन', 'म पना' वा 'मेरो जिन्दगी' (व्यक्तिवाद) भन्ने प्रवृत्ति हिजोको तुलनामा आज तीब्ररूपमा बढ्दै गइरहेको छ । आजका छोराछोरीहरू धेरैजसो आफ्नै काममा व्यस्त देखिन्छन् । उनीहरू आफ्नै घरका सदस्यहरूसँग पनि राम्ररी बोल्न आवश्यक ठान्दैनन् । घरमा आउने पाहुना, अन्य नातागोतासँग नबोले पनि, वास्ता नगरे पनि चल्छ भन्ने भावले तिनमा जरो गाड्दै गएको छ । हिजोका पुस्तामा धर्म र संस्कार एउटा कर्तव्यको रूपमा थियो भने आज त्यो क्रमशः 'सौख'को रूपमा बढ्दै गएको पाइन्छ ।
क्याब कलेजमा अध्यापन गरिरहेका महेश पौडेल पनि हाल मानिसहरूमा देखा पर्दै गएको व्यक्तिवादी सोचलाई सहज मान्दैनन् । उनका अनुसार पुस्ताहरूका बीच एक अघोषित पर्खाल ठडिएको छ । दुवै पुस्ता आफ्नो निजी स्थानमा अरू नआइदिए हुन्थ्यो भन्ने चाहन्छन् । मानिसमा उमेरसँगै विभिन्न विचार तथा संवेगहरू उत्पन्न हुन्छन् । नयाँ पुस्ता ती परिवर्तनहरूलाई अभिभावकहरूले बुझ्दैनन् भन्ने ठानी उनीहरूबाट लुकाउने हरसम्भव प्रयास गर्छन् । वास्तवमा अभिभावकहरू त्यो समय पार गरेर आएका हुन्छन् र उचित ढंगले प्रस्तुत गरेमा सारा कुराहरू सरल हुन जान्छन् । दोष अभिभावकहरूको पनि छ । उनीहरूले छोराछोरीलाई खुलेर आफ्ना कुरा राख्न सक्ने वातावरणको सृजना गरेका हुँदैनन् । बरु 'तैँले बुझ्दैनस्' भन्दै उनीहरू प्रायजसो महत्त्वपूर्ण निर्णयहरूमा छोराछोरीलाई सहभागी गराउँदैनन् । यसरी आफैँले सृजना गरेको दूरी पछि स्थायीरूपमा कायम हुनपुग्छ ।
 
पुस्तैनी दूरी जति तन्कायो उति तन्किन्छ र जति घटाउन चाह्यो उति घट्छ । यसका लागि कुनै भगीरथ प्रयासको पनि आवश्यकता रहँदैन । सूचना प्रविधिका विद्यार्थी प्राञ्जल घिमिरेलाई लाग्छ, व्यवहारमा थोरै परिवर्तन गरे यस्ता दूरी सजिलै घटाउन सकिन्छ । अभिभावकसँग नियमित संवाद तथा आफ्ना सम्पूर्ण भावनाहरू खुलस्त गरेमा सबै कुरा सहज भइदिन्छन् । पत्रकारिताका विद्यार्थी मनिन्द्र स्थापित पनि प्राञ्जलको विचारलाई समर्थन गर्छन् । उनलाई पनि लाग्छ दुवै पुस्ताबीच विचारको नियमित संप्रेषण भएमा यस्ता दूरीहरू आफसे आफ हराएर जानेछन् ।
 
उमेर ढल्केका व्यक्तिहरूमा आउने शारीरिक तथा मानसिक परिवर्तनबारे अध्ययन गरिरहेकी शोभा खनालको विचारमा एकअर्काका अपेक्षा नबुझ्नाले समस्या देखापर्छन् । एकअर्काको चाहनालाई दुवै पुस्ताले महत्त्व दिन सकेमा यस्ता समस्या हराउँदै जान्छन् । एकअर्कालाई जति सक्दो समय दिने गरेमा वातावरण सहज हुनजान्छ । 'प्रविधिले पनि समय खोसेको छ
, शोभा भन्छिन्, 'आफ्नो जीवनशैलीलाई व्यवस्थित गर्न सकेमा अन्तरवैयक्तिक सम्बन्ध प्रगाढ हुन सक्छ ।'
 
नातिनातिनासँग धेरै समय बिताउन रहर गर्ने निर्मला बरालको विचारमा व्यक्ति समयसापेक्ष हुनसकेमा कुनै पनि किसिमका समस्याले स्थान नै पाउँदैनन् । छोराछोरीमा आउने समयानुसारको परिवर्तनलाई आफूले सहजरूपमा स्विकार्न सकेमा हार्दिकता बढ्दै जान्छ । अभिभावकले छोराछोरीबाट मात्र आश राखी आफूलाई पटक्कै परिवर्तन नगर्ने हो भने दुःख आफैँलाई हुन जान्छ ।
 
साँच्चै पुस्तान्तरको अन्त्य गर्ने हो भने दुवै पुस्ता यसका लागि तयार हुनुपर्छ । एक हातले ताली नबजेजस्तै कुनै एक पक्षको प्रयत्नले समस्या सुल्झिँदैन । नेपाल वायुसेवा निगममा विमान चालकको जिम्मेवारी सम्हालेका रमण घिमिरेका अनुसार दुवै पुस्ताबीच रहेको सहयोगी वातावरण बिग्रँदै गएको छ । समयको माग र बढ्दो प्रतिस्पर्धाका कारण हरेक व्यक्ति भौतिक सामग्रीमाथि आश्रति हुनुपरेकाले परिवार वा अन्य व्यक्तिहरूका लागि समय नै दिन सकिँदैन । उनका अनुसार हरेक मानिस भौतिकवादी हुन छोडेर आध्यात्मिक हुन सकेमा यस्तो दूरीको अन्त्य हुन सक्छ ।
Chatyang Masterपुस्तैनी दूरीबारे चट्याङ मास्टर
पुस्तैनी दूरी समस्या त हो, तर यसको कारक यही हो भन्न मिल्दैन । अहिलेको परिवेशमा हरेक कुराले समस्या निम्त्याउँछन् । यसको जिम्मेवार कोही एकजना नभएर प्रत्येक व्यक्ति हुन्, पूरै समाज हो । तन्नेरीहरू बिभिन्नथरिका वैदेशिक विकृतिहरू भित्र्याइरहेका छन् भने अग्रजहरू पनि पुरातन कुसंस्कारलाई अँगालिरहेका छन् । समस्या त पत्तो लाग्यो, तर मुख्य कुरा भनेको समस्या हैन, त्यसको जरा थाहा पाउनु हो । यदि समस्याको जरा पत्ता लगाएर त्यसलाई जरैसमेत उखेलिदिने हो भने त्यसका हाँगाबिँगा आफैँ मरेर जान्छन् । मेरो बिचारमा समस्याको जरा भनेको खोक्रो आडम्बरका लागि मानिसले आफ्ना कुसंस्कारलाई अँगालिरहनु हो । समाजमा सुखी देखिनका लागि व्यक्तिले आफ्ना समस्याहरू समाधान गर्ने नभई लुकाउने प्रयास गर्नुले पनि समस्यालाई बढाइरहेको हुन्छ ।
 
पुस्तैनी दूरी हटाउनका लागि अग्रजहरूले सत्संस्कार कायम राखी कुसंस्कार र कुरीति फाल्नुपर्छ । नयाँ पुस्ता पनि समाज सभ्य बनाउनका लागि अनुशासित हुनुपर्छ । हरेक व्यक्तिले आत्मअनुशासित भएर आफ्नो कर्तव्य र अधिकारको सदुपयोग गरेमा यो दूरी घटेर जान्छ ।
segments: