Hypnosis is a scientifically verified technique which promotes the accelerated human change

Questions/Answers

User Queries

मेरो साथी मसँग एकदम हैकम चलाउँछ !

Bullyम १९ वर्षको भएँ । काठमाण्डौमा ६ महिना अघि पढ्न भनेर आएको थिएँ र एउटा साथीसँग बस्छु । मलाई धेरैजसो आफू भित्रभित्रै रीस उठ्छ; आफ्नो बारेमा केही पनि राम्रो सोच्न सक्दिन अनि पढाईमा पनि ध्यान दिन सकिरहेको छैन । मेरो साथी मसँग एकदम हैकम चलाउँछ । उसको चाहना अनुसार मैले काम गर्नुपर्छ। मलाई ऊ पटक्कै मन पर्दैन । तर, त्यसबेला म उसलाई केही भन्न सक्दिन म त मनोविक्षिप्त (ड्पिरेसन) भैसकें । म के गरूँ ? ~ कमल पाण्डे
 
म बुझ्छु तपाईलाई आफैसगँ रिस उठ्नाले गाह्रो भैरहेको छ । एक त सानै उमेरमा घरबाट टाढा हुनुपर्दा दुःख लागिरहन्छ, त्यसमाथी आफूलाई हैकम चलाउने साथीसँग व्यवहार मिलाउन झनै कठिन हुन्छ । 

किन उनलाई अविस्कार गरें भन्ने कुराको तनावमा म अचेल उनीलाई धेरै माया गर्छु !

Fall in loveप्रश्न: मीना भन्ने युवती मलाई निकै माया गर्थिन् तर मैले उनको प्रस्ताव अस्विकार गरे । तर अचेल म उनलाई मेरो नजिक पाउँछुअनि मलाई उनीसँग बोल्न पाउँदा खुशी लाग्छ । जब उनीसँग अरु कोही बोल्छ, मलाई इर्ष्या हुन्छ । उनी म सँग मात्र बोलुन् भन्ने म चाहन्छु मैले किन उनलाई पहिले अविस्कार गरें भन्ने कुराले तनावमा म अचेल उनीलाई धेरै माया गर्छु भन्न सक्दिन म के गरूँ
 ~ रोशन रजक, बालाजु, काठमाण्डौं

असफलताहरूसँग कसरी जुझ्ने

Failureप्रश्न: मलाई मेरो जिन्दगीदेखि वाक्क लागिसक्यो किनभने मैले धेरै असफलताहरू पाए । मैले सँधैकेही नयाँ काम गर्न खोजे तर समयले कहिले साथ दिएन । ~ सागर कोइराला

म बुझ्छु, तपाईले असफलता भोग्नुपर्दा तपाईलाई गाह्रो भैरहेको छ । आफूले गरेको मिहिनेतले साकार रूप पाओस् भन्ने इच्छा सबैको हुन्छ त्यसैले नै मेहनेत गर्न मन लाग्छ। मेहनतको फल नकरात्मक पाउँदा जिन्दगीसँग दिक्क लाग्नु, आफूलाई समयले पनि ठगेको महसुस हुनुका साथै जिन्दगी बेकार हो भन्ने लाग्नु स्वभाविक हो ।

स्मृति जोगाउने उपाय

Forgetfullप्रश्न: म २३ वर्षीया सक्षम युवती हुँ, तर मलाई अचेल एउटा समस्या आइपरेको छ । म अचेल हरेक कुरा तुरुन्तै बिर्सिन्छु । मलाई समाधानका लागि सुझाव दिनुहोस् ।
 
प्रश्नका लागि धन्यवाद । तपाईंले आफूमा आइपरेको समस्यालाई बुझ्नु र स्वीकार गर्नु नै पनि समाधानको एउटा उपाय हो । यो उमेरमा नै बिर्सिने समस्या आइपरेका कारण तपाईंमा निरासा छाउने, नकारात्मक सोच आउने, काममा मन नलाग्ने जस्ता व्यवहार देखा पर्नु स्वभाविक हो । तर, तपाईंले आफ्नो समस्या अझै स्पष्ट पारेर लेख्नु भएको भए समाधानको उपाय अझै छिटो हुन सक्थ्यो ।

Pages

Subscribe to RSS - Questions/Answers