Hypnosis is a scientifically verified technique which promotes the accelerated human change

किन उनलाई अविस्कार गरें भन्ने कुराको तनावमा म अचेल उनीलाई धेरै माया गर्छु !

Fall in loveप्रश्न: मीना भन्ने युवती मलाई निकै माया गर्थिन् तर मैले उनको प्रस्ताव अस्विकार गरे । तर अचेल म उनलाई मेरो नजिक पाउँछुअनि मलाई उनीसँग बोल्न पाउँदा खुशी लाग्छ । जब उनीसँग अरु कोही बोल्छ, मलाई इर्ष्या हुन्छ । उनी म सँग मात्र बोलुन् भन्ने म चाहन्छु मैले किन उनलाई पहिले अविस्कार गरें भन्ने कुराले तनावमा म अचेल उनीलाई धेरै माया गर्छु भन्न सक्दिन म के गरूँ
 ~ रोशन रजक, बालाजु, काठमाण्डौं

मैले बुझे, तपाईलाई माया लागीरहेपनि भन्न नसकेको कारण गाह्रो भैरहेको छ । र, भनिहाले पनि उनले मानिनन् भने के हुन्छ भन्ने कुरा मनमा खेल्छ । अरु कोही उनीसँग बोलेको देख्दा इर्ष्या हुनुका साथै पहिले उनको प्रस्ताब अविस्कार गरेकोमा आफैसँग पछुतो पनि लागिरहेको छ । आफ्नै मन र शरीर अरुको यादमा तड्पीदा, आफूलाई आफ्नै नियन्त्रण नहुदा मन र शरीरमा धेरै उतार चढाव आउँछन् । जसले गर्दा व्यवहार र सम्बन्धमा पनि निकै असर पुर्‍याउँछ । आफ्ना हरेक पक्षमा आफूभन्दा अगाडि अरु व्यक्तिको सोचेले स्थान पाउने अवस्था बढ्न थाल्यो भने मानिसलाई अत्यन्तै छटपटि हुन्छ । यस्तो अवस्थालाई सामना गर्नु कठिन कार्य हो । तपाईंले पहिले के कारणले गर्दा उनको प्रस्ताव स्वीकार गर्न सक्नुभएन, अहिले उनमा त्यस्तो के परिवर्तन आयो जसको कारण तपाईं उनलाई प्रेम गर्न थाल्नुभएको छ र त्यो परिवर्तनको स्वरुप -अल्पकालिन या दिर्घकालीन्) कस्तो हो भन्ने कुराहरुमा सचेत रहनुहोस्। तपाईलाई उनको कुन पक्षका आधारमा माया लागेको हो भन्ने विचार गर्नुपनि महत्वपुण हुन्छ । तपाईहरुको उमेर, पारिवारिक अवस्था, सामाजिक संरचना, पढाई, व्यवसायका साथसाथै रुची भावना, चाहना, सोचाई आदि कुराहरुमा ध्यान दिएर सोच्नुहोस् ।
 
मानिसलाई अरु व्यक्तिको जतिसुकै माया लागेपनि आफ्नो जिन्दगीमा आफूलाई अग्रस्थानमा राख्नु अत्यावश्क हुन्छ । तपाईं पनि आफूलाई अग्स्थानमा राख्नुहोस् । जतिसक्दो बढी आत्मकेन्द्रित हुनुहोस् । आफूलाई माया गर्न जानेमात्र अरुलाई माया गर्न सकिन्छ । आफूलाई अग्रस्थानमा राखेर अरुलाई गरेको प्रेम र सद्भावना दीगो रहन्छ ।