Hypnosis is a scientifically verified technique which promotes the accelerated human change

सफलताको सूत्रः न्यून आत्मसम्मानमाथिको विजय

 

SelfConfidenceसानो छँदा देख्थेँ- आमाले हजुरबुबा, हजुरआमा, बुबा, दाइलगायत परिवारका सदस्यहरूलाई खाना खुवाउँदा ठूलो खण्डेथालमा खाना, तरकारी अचार राखिदिनुहुन्थ्यो अनि छुट्टै कचौरामा दाल र गिलासमा पानीसबैले खाना खाउन्जेल उभिएर पर्खिरहनुहुन्थ्यो । सबै उठेर गएपछि सेलाएको, बाँकी रहेको दाल, भात, तरकारी सबै एउटा सानो रिकापीमा हालेर एक्लै बसेर खानुहुन्थ्योमलाई त्यसो गरेको पटक्कै मन पर्दैनथ्यो अनि म भन्थेँ, "अलि ठूलो थालमा राम्रोसँग खानुहोस् न !" तर उहँ मलाई यस्तै ठीक छ भन्नुहुन्थ्यो । अलि ठूलो भएपछि बुझेँ, प्रायः सबैको घरमा त्यस्तै हुँदोरहेछ। जब मनोविज्ञान पढँ, अनि बुझेँ यस्ता व्यवहारहरूले न्यून आत्मसम्मानको संकेत गर्छ । हामी अरूलाई सम्मान गर्न त खुब अघि सर्र्छौँ, तर आफूलाई पनि सम्मान गर्नुपर्छ भन्ने कुरा आवश्यक ठान्दैनौँ । विशेषगरी, गृहिणीहरूमा यो समस्या झन् धेरै पाइन्छ । गृहिणीहरूले बिहानदेखि घरको काम गरिरहेका हुन्छन्, एकछिन हात खाली हुँदैन, तर आफ्नो कपालसमेत कोरेका हुँदैनन् । घरका अन्य सदस्यका लुगा धोएर दिन बित्छ तर उनीहरू फोहोर लुगा लगाएर बस्छन् । आफ्न भन्छन्, कहाँ जानु छ र राम्रो लाएर - गृहिणीमा मात्रै हैन, यो समस्या अन्य मानिसमा पनि हुन्छ । विद्यार्थीहरूमा आफूले पढेको विषय भन्न हिचकिचाउने, आफूमा भएको प्रतिभालाई प्रस्तुत गर्न लजाउने, मनमा उब्जेका भाव पोख्न पछि हट्ने जस्ता व्यवहारहरू भेटिन्छन् ।

 

  ठूलाठूला कार्यालयका हाकिमहरूमा पनि कुनै गोष्ठीमा भाग लिन जाँदा, परिचय गर्दा सबै क्षमता नभन्ने, बोल्न अकमकाउने, असहज महसुस गर्ने जस्ता समस्या हुनसक्छन् । यी सबै समस्याका कारण आत्मसम्मान न्यून हुनु हो । आफूलाई महत्व नदिने, राम्रोसँग स्याहार नगर्ने, आफूले गरेका कामको महत्व नदेख्ने, प्रतिभा तथा क्षमताको पहिचान गर्न नजान्ने, आफूलाई हरेक समस्याको कारक र जिम्मेवारी ठान्ने र दोष दिने जस्ता व्यवहारहरू न्यून आत्मसम्मानका लक्षणहरू हुन् ।
 
आत्मसम्मान न्यून हुनुका कारण एक त हामीलाई आफूलाई पनि सम्मान गर्नुपर्छ भन्ने कुराको जानकारी नै नभएकाले पनि समस्या बढेको हो । साथसाथै, हाम्रो वातावरण र समाज पनि उत्तिकै जिम्मेवार छ हाम्रो आत्मसम्मान न्यून हुनुमा । मानिसमा हुकाइबढाइ, सिकाइ र भोगाइका कतिपय घटनाका कारण जिन्दगीसँग असन्तुष्टि जाग्नु पनि आत्मसम्मान न्यून हुनुको अर्को कारण हो ।
 
मनोविज्ञ एरिक एरिक्सन -१९०२-१९९४) ले मानव विकाससम्बन्धी एक सिद्घान्त प्रतिपादन गरेका छन् । उनको सिद्घान्तअनुसार, मानव विकासको प्रमुख आठ चरण हुन्छन् । प्रत्येक चरणमा मानिसको शारीरिक तथा मानसिक साथसाथै सामाजिक रूपको पनि विकास हुन्छ । तीमध्ये व्यक्तित्व विकासमा प्रमुख पाँच चरणले महत्वपर्ूण्ा भूमिका खेल्छन् । यी चरणहरूमध्ये पहिलो, शिशु चरण -जन्मेदेखि १ वर्षम्म) मा विश्वासविरुद्ध अविश्वासको विकास हुन्छ । यस चरणमा शिशुको उचित तरिकाले स्याहार हुन पाएमा, उसको खानपिन, दिसापिसाब र न्रि्रा समयतालिकाअनुसार गराएमा उसमा विश्वासको विकास हुन्छ भने समयतालिकाअनुसार नभई जुनसुकै समयमा भयो वा कहिले कसले कहिले कसले गर्‍यो भने उसमा अविश्वासको भावना विकसित हुनजान्छ । फलस्वरूप उसको पूवप्रौढतामा नराम्रो असर पर्न जान्छ ।
 
दोश्रो चरण -१देखि ३ वर्ष मा स्वाभिमानको विरुद्ध लाज र शंकाको विकास हुन्छ । बच्चालाई यो समयमा ऊ पनि मानिस हो भन्ने महसुस हुन्छ र आफ्नो छुट्टै अस्तित्व खोज्छ । उसको भावनाको कदर गरेर उसलाई उसको अस्तित्व जोगाउन सहयोग गर्नुपर्छ । जस्तैः सानो थाल, चम्चा, गिलास उसकै लागि छुट्याइदिने, सानो ठाउँलाई उसको बनाइदिने, बोल्दा पनि उसको इज्जत गर्ने र उसले आफैं गर्न सक्ने र गर्न खोजेका काम उसलाई गर्न दिने आदि । आफैं खान दिने, आफैं हिंड्न दिने गरेमा उसमा स्वाभिमानको विकास हुन्छ । तर यसको उल्टो भयो भने बच्चामा लाज र शंकाको विकास हुन्छ, जसले गर्दा उसको व्यक्तित्व विकासमा अवरोध पुर्‍याउँछ ।
 
तेस्रो चरण -३ देखि ५ वर्ष मा बच्चामा अग्रसरताको विरुद्ध ग्लानिको विकास हुन्छ । यो समय बच्चाको पर्ूवविद्यालयको समय हो । यसकारण, पहिलेभन्दा यो समयमा बच्चामा जिम्मेवारी बढ्छ । आफ्ना खेलौना, किताब-कापीलगायत अन्य सामानको ख्याल राख्न सिकाएमा बच्चामा जिम्मेवारीको महसुस हुनुका साथै अग्रसरताको विकास हुन्छ । बच्चालाई गर्न नदिनाले या नसिकाउनाले, अनि कुनै सामान हराएमा, बिगारेमा गाली गर्नाले उसमा असहजपनको महसुस हुने र तनाव बढ्ने हुँदा उसमा ग्लानिको विकास हुन्छ । ग्लानिको विकास हुनु व्यक्तित्व विकासका लागि अत्यन्तै हानिकारक हुन्छ ।
 
चौथो चरण -६ देखि १२ वर्ष मा बच्चामा उद्यमको विरुद्ध हीनताको विकास हुन्छ । यो समयमा बच्चाहरूले नयाँनयाँ कार्यको खोजी गर्ने हुन्छन् । आविष्कार गर्नका लागि रेडियो बिगारेर चुम्बक निकाल्ने जस्ता कामहरू गर्छन् । यसो गर्दा अभिभावकले बुझेर र्समर्थन गर्ने र प्रशंसा गर्नेगरेमा बच्चामा उद्यमशीलताको विकास हुन्छ । सकारात्मक सोचको विकास हुन्छ । तर यसको उल्टो उसलाई त्यस्ता काम गर्न नदिने, गाली गर्ने र तैँले गर्न सक्दैनस् भन्ने जस्ता व्यवहार गर्‍यो भने उसमा हीनताको विकास हुन्छ । हीनताबोध हुनु न्यून आत्मसम्मानको प्रमुख कारण हो ।पाँचौ चरण -१३ देखि १९ वर्ष मा बच्चामा भूमिकाको विरुद्ध भूमिकामा अन्योलको विकास हुन्छ । यो अवस्थामा बच्चामा हर्मोनको कारण शारीरिक परिवर्तन आउँछन् । जसले गर्दा ठूलो भएको महसुस हुन्छ र आफूभन्दा सानासँग घुलमिल हुन गाह्रो हुन्छ । त्यसैगरी, आफूभन्दा ठूलासँग घुलमिल हुन पनि गाह्रो हुन्छ । यस्तो अवस्थामा उसलाई आफ्नो भूमिकाबारे धेरै अन्योल हुन्छ । यदि यो बेलामा घरका अन्य सदस्यहरुले सही रूपमा उसलाई उसको जिम्मेवारी दिलाउन सकेमा  उसको सही परिचय आउने गरी भूमिका निर्वाह गर्न सिकाएमा उसमा भूमिका निर्वाह गर्ने क्षमताको विकास हुन्छ । तर यस्तो नभएर उसलाई काम पर्दा "तँ ठूलो भइसकिस्" भन्ने र उसले केही निर्णय गर्नलाग्दा "तँ सानै छस्" भन्ने जस्ता व्यवहार गरियो भने उसलाई भूमिकामा अन्योल हुन्छ र पछिसम्म पनि आफ्नो भूमिका सही तरिकाले वहन गर्न नसक्ने हुन्छ ।
 
माथि उल्लेख भएअनुसार, मानिसको बाल्यकालको स्याहारसुसारदेखि लिएर सिकाइ र भोगाइमा सकारात्मक रूपले विकास हुनसकेमा मानिसमा उच्च आत्मसम्मानको विकास हुन्छ र उसको व्यक्तित्व आकर्ष हुन्छ । उसको जीवनले सफलता हासिल गर्नसक्छ । उसमा आत्मविश्वास र आत्मबल बढ्छ । तर हरेक चरणमा उसले नकारात्मक परिस्थितिसँग जुझ्नुपरेमा उसलाई अविश्वास, हीनता, ग्लानि, डर, लाज, शंका जस्ता नकारात्मक भावनाहरूले पिरोल्छन् । बिस्तारै उसको व्यक्तित्व विकासमा ह्रास आउँछ र उसको आत्मसम्मान पनि न्यून हुनपुग्छ, उसको आत्मविश्वास र आत्मबल पनि घटेर जान्छ । उसको जीवन निरस हुनसक्छ र ऊ सधैं दुखी, निराश देखिन्छ । उसमा ससानो कुरामा पनि रोइहाल्ने समस्या देखापर्छ । न्यून आत्मसम्मानले मानिसमा धेरै मनोसामाजिक समस्याहरू देखापर्छन् ।
 
अर्का महान् मनोविज्ञ मास्लोले मानिसको आवश्यकताको सिद्घान्त प्रतिपादन गरेका छन् । जसअनुसार मानिसको आधारभूत आवश्यकता शारीरिक आवश्यकता हो । जसमा भोक, तिर्खा, यौन जस्ता शारीरिक आवश्यकताहरू पर्दछन् । जब ती आवश्यकताहरू परिपूर्ति हुन्छन्, तब मानिसलाई क्रमैसँग सुरक्षा, प्राप्ति, माया-ममता, आत्मसम्मान र आत्मसन्तुष्टिको आवश्यकता पर्दछन् । उनका अनुसार मानिसले शारीरिक आवश्यकता पूरा गरेपछि अन्य आवश्यकता पूरा गर्न नसकेमा उसमा समस्या आउँछन् । ऊ मनोसामाजिक रूपमा स्वस्थ रहन सक्दैन । मानिस पूर्णरूपमा स्वस्थ रहनुमा आत्मसम्मानले ठूलो भूमिका खेल्छ भन्ने विषयमा सबै मनोविज्ञ एवम् मनोविश्लेषकहरूको एकमत रहेको छ ।
 
न्यून आत्मसम्मानको असर यो एक जटिल मनोसामाजिक समस्या हो । यसका कारण मानिसहरू एकदमै दयनीय अवस्थाहरू गुजार्न बाध्य छन् । आममानिसलाई समस्याको कारण न्यून आत्मसम्मान हो भन्ने नै थाहा हुँदैन । मानिसमा न्यून आत्मसम्मानका कारणले धेरै नराम्रोसँग प्रभाव पार्छ । जस्तैः क्षमता हुँदाहुँदै पनि आत्मविश्वासको कमीले कतिपय मानिसहरू आफ्नो क्षमता तथा प्रतिभालाई उजागर नगर्ने हुन्छन् । कतै कुनै नराम्रो घटना भएमा त्यसको जिम्मेवार र दोषी आफैं हो भनेर आफैंलाई अनावश्यक सजाय दिने पनि गर्छन् । कसैले केही भन्ला कि भन्दै आफूलाई जान मनलागेको ठाउँ नजाने, मनलागेको कुरा नखाने, भन्न मनलागेका कुरा नभन्ने जस्ता व्यवहारहरू गर्छन् । दैनिक जीवनमा नै अनावश्यक कठिनाइ भोगिरहेका यस्ता मानिसलाई अरूले बुझ्दैनन् र यो कारणले झन् समस्या बढाउँछ । नचाहिने कुरामा झगडा हुने, आफैंसँग रिसाउने, अति छिटो रुने जस्ता समस्याले पिरोल्छन् ।
 
न्यून आत्मसम्मानको समाधान
 
वास्तवमा न्यून आत्मसम्मानको समस्या भएका मानिसहरू अत्यन्तै प्रतिभावान् र क्षमतावान् हुन्छन् । तीक्ष्ण बुद्धि र मिहिनेती भएका कारण परिश्रम गरेर माथिल्लो ओहदामा पुगेका हुन्छन् । तर यस्ता व्यक्तिहरूले सानातिना झन्झट आइपरेमा आफूलाई अर्समर्थ ठान्छन् । आफू पनि पीडित हुन्छन् र आफ्ना नजिकका मानिसहरूलाई पनि पीडा दिन्छन् । यसो हुँदा समस्या अझ बढ्नजान्छ । उनीहरूले गरेको कार्यको प्रशंसा गर्ने, उनीहरूको मनको कुरा सुन्ने र बुझ्ने जस्ता व्यवहार नै न्यून आत्मसम्मानको समाधान हो । उनीहरूलाई जतिसक्दो सकारात्मक सोचमा जोड दिन सहयोग गर्नुपर्छ । उनीहरूको महत्व दर्शाइदिने र इज्जत गर्ने, हौसला दिने जस्ता व्यवहारहरू गर्नाले उनीहरूमा केही परिवर्तन आउनसक्छ । उनीहरूलाई सहयोग र र्समर्थनको खाँचो हुन्छ । अभिभावक तथा साथीभाइले कुरा बुझिदिएमा समस्या धेरै कम भएर जान्छ । न्यून आत्मसम्मान भएका व्यक्तिहरू प्रायः एक्लो महसुस गर्छन् । यस्तो अवस्थामा उनीहरूलाई म तिम्रो साथमा छु भनिदिनाले पनि धेरै राहत मिल्छ ।
न्यून आत्मसम्मानका कारण दैनिक जीवनमा धेरै असर परिरहेको छ भने उनीहरूलाई मनोविमर्श गरेर स्वस्थ बनाउनुपर्छ । मनोविमर्श एक मात्र उपाय हो, जसले न्यून आत्मसम्मान भएका व्यक्तिहरूलाई सहयोग गर्नसक्छ ।
segments: