प्रश्न: मलाई बेलाबखत अत्यन्तै रीस उठ्छ । रिसाएको बेला आँखै देख्दिन । रीस मरेपछि लाग्छ बेकार यस्तो गरिएछ । मेरो समस्याको कारण के होला ? के यो समस्या निराकरण गर्न सकिएला ?
(प्रश्नकर्ता: दीपक ढकाल)
मनोविद् अर्चना विभोरको उत्तर:
मानिसले हरेक स्थान र समयमा आफू शक्तिशाली छु भन्ने महसुस गर्दछ । हरेक व्यक्ति भन्दा आफू कुनै न कुनै रूपमा शक्तिशाली भएको अनुभव गर्दछ । यदी कुनै अवस्थामा केही कारण आफूले सोचे भन्दा अलग भयो र आफ्नो शक्तिले त्यसलाई कायम राख्न सकेन भने मानिसले आफूलाई कमजोर पाउँछ । यही कमजोरीको आभासले गर्दा मानिसलाई रीस उठ्छ ।
रीसको समाधान सम्भव छ । हिप्नोथेपापी बिधिद्वारा तपाईँको अवचेतनमा मनमा रहेका तपाईँलाई उत्तेजित पार्ने कारणहरू पत्ता लगाई तिनमाथि विजय प्राप्त गर्न सकिन्छ ।